२०८३ साउन १२ मंगलबार

सर्वोच्च अदालतमा रिट र अन्य निवेदन दर्ता मंगलबारदेखि खुल्ने

ई आर्थिक    आइतबार, असोज २६ २०८२
3.7K
Shares
सर्वोच्च अदालतमा रिट र अन्य निवेदन दर्ता मंगलबारदेखि खुल्ने

ई-आर्थिक, काठमाडौं । सर्वोच्च अदालतमा असोज २८ गतेदेखि आंशिक सेवा सुचारु हुने भएको छ ।  सर्वोच्च अदालतले जेनजी आन्दोलनकारीबाट आगजनी भएको कारण रोकिएको न्यायिक कार्य क्रमशः सुरु गर्ने भएको बताएको हो  ।

अदालतले आज आइतबार जारी गरेको सूचना अनुसार असोज २८ गतेदेखि रिट निवेदन तथा केही अन्य कानुनी निवेदन दर्ता र सुनुवाइ सुरु हुने जनाएको हो ।

भदौ २४ गते सर्वोच्च अदालत परिसरमा भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटका घटनापछि स्थगित सेवा असोज २८ गते (मंगलबार)देखि आंशिक रूपमा सुचारु हुने भएको छ। ती घटनाबाट अदालतको भौतिक संरचना र कागजातमा ठूलो क्षति पुगेपछि सम्पूर्ण सेवा स्थगन गरिएको थियो।

सर्वोच्च अदालतको असोज २६ गते बसेको पूर्ण बैठकले असोज २८ बाट केही सेवा सञ्चालन गर्ने निर्णय गरेको हो। प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, हालसम्म बन्दी प्रत्यक्षीकरण तथा अत्यावश्यक निवेदनको मात्र दर्ता र सुनुवाइ हुँदै आएकोमा अबदेखि रिट निवेदनसँगै मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदनहरूको पनि दर्ता र सुनुवाइ गरिनेछ।

कोइरालाका अनुसार अन्य सेवा भने अर्को सूचना जारी नभएसम्मका लागि यथास्थितिमा रहनेछन्। अदालतले पुनः सम्पूर्ण सेवा सुचारु हुन समय लाग्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij