ई-आर्थिक, काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आइतबार (असोज २६) देखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ। कम्पनीले कुल ३२ लाख ६२ हजार ५०० कित्ता शेयरमध्ये बाँकी २५ लाख १० हजार ४९३ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो।
न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने आईपीओमा छिटोमा असोज २९ र ढिलोमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई इक्रा नेपालले “उच्च जोखिम” जनाउने क्रेडिट रेटिङ दिएको छ। आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। आवेदन मेरो सेयर वा सि-आस्बा सदस्य बैंकमार्फत गर्न सकिन्छ।