२०८३ साउन १२ मंगलबार

तिहारमा स्वदेशी फूलको प्रवर्द्धन गर्न काठमाडौं महानगरको पहल: ३२ स्थानमा फूलमाला बिक्रीका लागि व्यवस्था

ई आर्थिक    आइतबार, असोज २६ २०८२
2.1K
Shares
तिहारमा स्वदेशी फूलको प्रवर्द्धन गर्न काठमाडौं महानगरको पहल: ३२ स्थानमा फूलमाला बिक्रीका लागि व्यवस्था

ई-आर्थिक, काठमाडौं । तिहार नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाले स्वदेशी फूलको प्रवर्द्धन तथा आयातित र प्लास्टिकजन्य माला प्रतिबन्धलाई प्रभावकारी बनाउन ३२ स्थानमा फूलमाला बिक्रीको व्यवस्था गरेको छ। महानगरपालिकाले कात्तिक १ गतेदेखि तिहारसम्म स्वदेशी फूलको बिक्री–वितरण सुनिश्चित गर्न विभिन्न सार्वजनिक स्थल तथा व्यापारिक केन्द्रमा यस्ता स्थानहरू व्यवस्था गरेको हो।

महानगरका अनुसार, विगत तीन वर्षदेखि स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै प्लास्टिकजन्य माला र आयातित वस्तुहरूलाई निरुत्साहित गर्ने अभियान चलाउँदै आएको छ। यही क्रममा, यस वर्ष पनि स्वदेशी सयपत्री र मखमली फूलको खपत बढाउन तथा किसानलाई प्रत्यक्ष लाभ पुगोस् भन्ने उद्देश्यसहित यो कदम चालिएको हो।

“हामीले विगतदेखि नै प्लास्टिक मालामा रोक लगाउँदै आएका छौं। अब स्वदेशी फूल नै हाम्रो प्राथमिकता हो,” महानगरका एक अधिकारीले बताए। उनका अनुसार, नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेकोले आयातित फूलमालाको आवश्यकता कम भइसकेको छ।

किसानलाई सहज बजार पहुँच र अनुगमनको तयारी

महानगरले नेपाल चेम्बर अफ कमर्स तथा फ्लोरिकल्चर एशोसिएसन नेपालसँग सहकार्यमा बजार अनुगमन गर्ने, कोल्ड स्टोरको व्यवस्था गर्ने र ढुवानीमा सहजीकरण गर्ने बताएको छ। साथै, अवैध रूपमा आयातित वा प्लास्टिक मालाको बिक्री गर्नेहरूमाथि आवश्यक कारबाही गरिनेछ।

“हाम्रो चाहना हो—वास्तविक किसानले आफ्ना उत्पादनको उचित मूल्य पाऊन् र उपभोक्ताले स्वदेशी फूलमा गर्व महसुस गरून्,” महानगरको विज्ञप्तिमा उल्लेख छ।

फूलमाला बिक्रीका लागि निर्धारण गरिएका ३२ स्थानहरू यसप्रकार छन्:

एन.भी. सेन्टर – नयाँ बानेश्वर

बिग मार्ट – शंखमूल

आइ प्लेक्स मल – नयाँ बानेश्वर

सेल्सबेरी – मध्यबानेश्वर

फोनेक्स टावर – बत्तीसपुतली

तिनकुने चौर – तिनकुने

सिफल चौर – सिफल

एसी कम्प्लेक्स – चाबहिल

चाबहिल गणेशस्थान तरकारी बजार – चाबहिल

के.एल. टावर पूर्व – चाबहिल

चाबहिल सेन्टर अगाडि – चाबहिल

धर्म चक्र पार्क – स्वयम्भू

कालिमाटी ब्याङ्क्वेट – कालिमाटी

द्यौखेल – कालिमाटी

भाटभटेनी – कलङ्की

भ्याली कोल्ड स्टोर – नयाँ बजार

बुद्ध महल – माछापोखरी

गुणस्तर खाल्डो – माछापोखरी

वडा ५ अगाडिको डबली – हाँडीगाउँ

गणेश मन्दिर डबली – हाँडीगाउँ

कोइराला स्मार्ट – सामाखुशी

सेल्सबेरी – महाराजगञ्ज

बिग मार्ट – गङ्गबु

बिग मार्ट – चपलकारखाना

बिग मार्ट – बालुवाटार

आइटी भवन – कमलादी

स्टार मल – पुतलीसडक

भाटभटेनी – अनामनगर

टेवाल मन्दिर – सुन्धारा

काठमाडौं महल – सुन्धारा

वडा कार्यालय निर्माण स्थल – अद्धेतमार्ग

बजरा कम्प्लेक्स (न्यू प्लाजा) – गुडमार्ट

महानगरले स्वदेशी फूल प्रयोग गर्दै तिहार मनाउन सबैलाई आग्रह गरेको छ। “आफ्नो संस्कृति जोगाऔं, नेपालमै फुलेका फूल प्रयोग गरौं,” भन्ने सन्देशसहित यो अभियान सञ्चालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij