२०८३ साउन १२ मंगलबार

सन्तोषजनक काम नगरेको भन्दै ११ कम्पनी कालोसूचीमा, कालोसूचि अवधिभर सार्वजनिक खरिदमा भाग लिन नपाउने

ई आर्थिक    बुधबार, असोज २२ २०८२
3.3K
Shares
सन्तोषजनक काम नगरेको भन्दै ११ कम्पनी कालोसूचीमा, कालोसूचि अवधिभर सार्वजनिक खरिदमा भाग लिन नपाउने

ई-आर्थिक, काठमाडौं ।  सरकारको सार्वजनिक खरिद प्रक्रियामा संलग्न भई अपेक्षाकृत काम नगरेका ११ कम्पनीलाई कालोसूचीमा राखिएको छ। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

कालोसूचीमा परेका कम्पनीहरूमा शुभ आर.एस. बिल्डर्स सप्लायर्स (बाँके), नविन निर्माण सेवा (अछाम), जेएमसी कन्स्ट्रक्सन प्रा.लि. (सुर्खेत), कास्यम निर्माण सेवा एण्ड सप्लायर्स (काठमाडौं), विशाल होम निर्माण सेवा (उदयपुर), जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन (बूढानीलकण्ठ), सगुन फेब्रिक्स प्रा.लि. (मोरङ), ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स (काठमाडौं), जालपा निर्माण सेवा एण्ड सप्लायर्स (काठमाडौं), मष्टा भवानी निर्माण सेवा (डोल्पा) र शहीद निर्माण सेवा (अर्घाखाँची) रहेका छन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कास्यम निर्माण सेवा एण्ड सप्लायर्सलाई दुई वर्षका लागि, मष्टा भवानी निर्माण सेवालाई डेढ वर्षका लागि र बाँकी सबै कम्पनीहरूलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो।

कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij