२०८३ साउन १० आइतबार

कटारी घुर्मी सडक खुल्यो

ई आर्थिक    मंगलबार, असोज २१ २०८२
2.2K
Shares
कटारी घुर्मी सडक खुल्यो

ई-आर्थिक, उदयपुर ।  अविरल बर्सातले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गको कटारी घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ।

गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो। इलाका प्रहरी कार्यालय कटारीका अनुसार सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएको थियो।

सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी घुर्मी भएर ओखलढुंगा खोटाङ यातायात आवतजावत सञ्चालन भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईँले जानकारी दिए। उनले रात्रिकालीन समयमा सो मार्गमा सवारी सञ्चालन गर्न रोक लगाएको उनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij