२०८३ साउन १० आइतबार

सिटिजन्स क्यापिटलद्वारा अठाइस करोड रुपैयाँभन्दा बढी लाभांश वितरण

ई आर्थिक    मंगलबार, असोज २१ २०८२
3.3K
Shares
सिटिजन्स क्यापिटलद्वारा अठाइस करोड रुपैयाँभन्दा बढी लाभांश वितरण

ई-आर्थिक, काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट रु. २८ करोड ५ लाख २१ हजार २० बराबरको नगद लाभांश वितरण सुरु गरेको छ। कम्पनीले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजनाहरू र आफ्नै मुनाफाबाट लाभांश वितरण गरेको जानकारी गराएको हो।

सिटिजन्स म्युचुअल फण्ड–२ बाट करसहित ८.२५ प्रतिशतका दरले रु. ४ करोड ६२ लाख र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट करसहित १२.७५ प्रतिशतका दरले रु. ९ करोड ५७ लाख १७ हजार २९७ बराबरको लाभांश वितरण सुरु गरिएको कम्पनीले जनाएको छ। दुवै योजनाका लाभांश २०८२ साल असोज २० गतेदेखि वितरण थालिएको हो।

यसअघि मिति २०८१ माघ १९ गते परिपक्व भइसकेको सिटिजन्स म्युचुअल फण्ड–१ बाट इकाइधनीहरूलाई रु. ९२ करोड ६६ लाख ३ हजार ७२३ वितरण भइसकेको र यसमा अन्तिम वर्षको १३ प्रतिशत लाभांश समेत समावेश गरिएको कम्पनीले जानकारी दिएको छ।

सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नै मुनाफाबाट पनि शेयरधनीहरूलाई रु. ३ करोड २० लाख बराबरको नगद लाभांश असोज २० गतेदेखि वितरण गरिरहेको जनाएको छ।

अझै लाभांश नबुझिका इकाइधनीहरूलाई कम्पनीले आफ्नो बैंक खाता अद्यावधिक गराई सम्पर्क गर्न आग्रह गरेको छ।

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, पोर्टफोलियो म्यानेजमेन्ट, संस्थागत परामर्श, अण्डरराइटर, शेयर रजिष्ट्रार तथा डिम्याट खाता जस्ता सेवा प्रदान गर्न अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनी हो।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं, डिल्लीबजारस्थित बाटुलेघरमा रहेको छ भने अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij