काठमाडौं । विजयादशमीको दिन नजिकका आफन्तबाट टीका–जमरा लगाइसकेकाहरूले टाढाका आफन्तलाई भेट्न कोजाग्रत पूर्णिमासम्म टीका–जमरा लगाउने चलन जारी राखेका छन्।
नेपालमा आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैं पर्वअन्तर्गत टीका–जमरा लगाउने क्रम देवी विसर्जनपछि सुरु हुन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वेदमणि भट्टराईका अनुसार क्षेत्रअनुसार फरक–फरक परम्परा रहेको भन्दै कोजाग्रत पूर्णिमासम्म टीका लगाउनु सामान्य परम्परा भएको बताए।
यसैबीच, आज पापाङ्कुशा एकादशी पनि परेकाले भक्तजनहरू व्रत बसेर धार्मिक कार्यमा संलग्न छन्। धार्मिक विश्वासअनुसार आज व्रत बस्दा पुराना पापबाट मुक्ति मिल्ने विश्वास गरिन्छ।