२०८३ साउन ९ शनिबार

दशैंमा तीन दिनका लागि मनकामना केबलकार सेवा बन्द हुने

ई आर्थिक    सोमबार, असोज १३ २०८२
2.8K
Shares
दशैंमा तीन दिनका लागि मनकामना केबलकार सेवा बन्द हुने

ई-आर्थिक, काठमाडौं । दशैंको अवसरमा मनकामना केबलकार सेवा केही दिनका लागि अस्थायी रूपमा बन्द हुने भएको छ। मनकामना केबलकार प्रा.लि.ले एक सूचना जारी गर्दै असोज १५ गतेदेखि १७ गतेसम्म (अक्टोबर १ देखि ३) केबलकार सेवा बन्द रहने जानकारी दिएको हो।

कम्पनीका अनुसार, असोज १५ गते महानवमी, असोज १६ गते विजया दशमी र असोज १७ गते एकादशीको अवसरमा सेवा बन्द गरिनेछ। सो अवधिमा सेवा नपाउँदा यात्रुहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै कम्पनीले नियमित सेवा असोज १८ गते शनिबार (अक्टोबर ४) देखि पुनः सञ्चालनमा आउने जनाएको छ।

मनकामना केबलकार प्रा.लि.ले यात्रुहरूलाई अझ सहज, सुरक्षित र व्यवस्थित सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। साथै, कम्पनीले सम्पूर्ण सेवाग्राही, व्यवसायिक साझेदार तथा शुभेच्छुकहरूलाई विजयादशमी तथा बडादशैंको पावन अवसरमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक मंगलकामना समेत व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij