२०८३ साउन १० आइतबार

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी उत्तीर्ण

ई आर्थिक    शनिबार, असोज ११ २०८२
5.2K
Shares
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी उत्तीर्ण

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार प्रकाशित नतिजाअनुसार कुल १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

बोर्डका अनुसार बाँकी ५९ हजार ६९३ जना विद्यार्थी अनुत्तीर्ण भएका छन्। उनीहरूलाई ‘अवर्गीकृत’ श्रेणीमा राखिएको छ।

साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन भएको पूरक परीक्षा गत वैशाखमा सम्पन्न भएको वार्षिक एसईईमा दुई विषयसम्म ‘नन ग्रेडेड’ ल्याउने वा अनुपस्थित हुने विद्यार्थीहरूका लागि आयोजना गरिएको थियो।

बोर्डले नतिजा आफ्नो वेबसाइटसहित विभिन्न एसएमएस सेवा तथा मोबाइल एपमार्फत हेर्न सकिने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij