ई-आर्थिक, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा मंगलबार ठूलो सुक्खा पहिरो खसेपछि नारायणघाट–मुग्लिन सडकखण्ड दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक खुलाउन एक्जाभेटर प्रयोग गरेर पहिरो पन्छाउने कार्य भइरहेको भए पनि निरन्तर ढुंगा खसिरहेकाले यातायात सञ्चालनमा कठिनाइ भएको छ। पहिरो हटाउन अझै करिब २४ घण्टा लाग्ने अनुमान गरिएको छ।
गत शुक्रबारदेखि नै सुक्खा पहिरो खस्ने क्रम जारी रहेको र सडक भासिन सक्ने जोखिम बढेकाले सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।