२०८३ भाद्र ३१ बुधबार

जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई उचित रोजगारी दिने उद्योगमन्त्री सिन्हाको निर्णय, स्वदेशी सामग्री प्रयोग गर्न निर्देशन

ई आर्थिक    सोमबार, असोज ६ २०८२
6K
Shares
जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई उचित रोजगारी दिने उद्योगमन्त्री सिन्हाको निर्णय, स्वदेशी सामग्री प्रयोग गर्न निर्देशन

ई-आर्थिक, काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।

उद्योगमन्त्री  सिन्हाले मन्त्रालयको पदभार ग्रहणसँगै जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई उचित रोजगारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले सामाजिक न्याय र समावेशीता सुनिश्चित गर्न यस्तो कदम चालिएको बताए । साथै  सरकारी निकायमा आवश्यक फर्निचर तथा निर्माण सामग्री स्वदेशमै उत्पादित वस्तु प्रयोग गर्ने नीति अघि बढाउने निर्णय पनि गरेका छन् ।

त्यसैगरी, अत्यावश्यक बाहेकका सेवामा नागरिकलाई कार्यालय जानु नपर्ने गरी अनलाइन सेवा विस्तार गर्ने दिशामा तत्काल पहल थाल्ने मन्त्री सिन्हाले स्पष्ट  पारे ।

उनले उत्पादन, रोजगारी, स्वदेशी प्रवर्द्धन र डिजिटल प्रशासनलाई प्राथमिकतामा राखेर काम अघि बढाउने बताएका छन् ।

उनले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामाग्री नै प्रयोग गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरे।

त्यस अवसरमा उनले पुननिर्माण गर्दा केही महँगो भए पनि स्थानीय उत्पादन नै प्रयोग गर्न प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए। मन्त्री सिन्हाले उद्योग व्यवसायलाई सहजीकरण नगरीकन देशमा आर्थिक उन्नति गर्न नसकिने भन्दै यो कदमले केही हदसम्म उद्यम विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘अहिलेको मूल उद्देश्य भनेको तत्कालका लागि घाइते र सहादत प्राप्त गर्नेहरूका परिवारलाई रोजगारीको अवसर दिने र युवाको सीप व्यवस्थापनमा जोड दिने हो। युवालाई देशमा बस्ने वातावरण मिलाउन सीप विकास र व्यवस्थापनको आवश्यकता छ। यसमा लाग्छौँ।’

मन्त्री सिन्हाले अन्तरिम सरकारको पहिलो लक्ष्य स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले चुनाव गराउने र राज्य सञ्चालनको जिम्मा निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने रहेको प्रष्ट्याए। उनले आगामी चुनावमा नयाँ अनुहारलाई सदनमा देख्न पाउने आशा व्यक्त गरे।

‘६ महिनामा धेरै उपलब्धि हासिल गर्ने आशा नराखौँ। कार्यविधिगत कुरामा सहजीकरण गर्नेका साथै अनलाइन प्रविधिको प्रयोग गर्ने सोचेको छु’, मन्त्री सिन्हाले भने, ‘जेनजीहरूले दिएको योगदान खेर जान नदिने गरी काम गर्नेछौँ।’

मन्त्री सिन्हाले सर्वोच्च अदालतको पूर्वन्यायाधीश भएर काम गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij