ई–आर्थिक, विराटनगर : जेन–जी आन्दोलनका क्रममा मोरङ जिल्ला प्रशासन कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटका कारण अवरुद्ध रहेको सेवा पुनः सञ्चालनका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले १० थान कम्प्युटर हस्तान्तरण गरेको छ।
महासंघका कोशी प्रदेश अध्यक्ष राउतले प्रदान गरेको उक्त कम्प्युटर एक कार्यक्रमबीच कोशी प्रदेश उद्योग वाणिज्य महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरे ।
सेवाप्रवाहमा सहजता ल्याउन महासंघले एशियन पेन्ट्सको ३ सय लिटर रंग र रंगरोगनको खर्चसमेत प्रदान गरेको कार्यकारी निर्देशक भण्डारीले जानकारी दिए । आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवन पूर्णरूपमा क्षतिग्रस्त भएको थियो ।
सार्वजनिक सेवामा पुनः क्रियाशीलता ल्याउन निजी क्षेत्रको तर्फबाट सक्दो सहयोग पुर्याइने महासंघले प्रतिबद्धता जनाएको छ।