२०८३ साउन १२ मंगलबार

प्रधानमन्त्री कार्कीको मन्त्रिमण्डल विस्तार हुँदै, सञ्चारमन्त्रीमा जगदीश खरेलसहित थप पाँच नाम सिफारिस

ई आर्थिक    आइतबार, असोज ५ २०८२
2K
Shares
प्रधानमन्त्री कार्कीको मन्त्रिमण्डल विस्तार हुँदै, सञ्चारमन्त्रीमा जगदीश खरेलसहित थप पाँच नाम सिफारिस

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारमा थप पाँच मन्त्री सिफारिस भएका छन्। प्रधानमन्त्रीमा नियुक्ति भएको १० दिनपछि कार्की सरकारले मन्त्रिमण्डल विस्तार गर्दै पाँच नयाँ नाम सिफारिस गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सञ्चारकर्मी जगदीश खरेलको नाम सिफारिस गरिएको छ। खरेल पछिल्लो समय इमेज टेलिभिजनमा समाचार प्रमुखका रूपमा कार्यरत थिए।

यससँगै महावीर पुनलाई शिक्षा मन्त्री, अनिल सिन्हालाई कानुन मन्त्री, डा. मदन परियारलाई कृषि मन्त्री, र डा. संगीता मिश्रलाई स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरिएको छ।

यी सिफारिससँगै प्रधानमन्त्री कार्कीको मन्त्रिमण्डल ९ सदस्यीय बन्ने भएको छ। नयाँ मन्त्रीहरुको शपथ छिट्टै हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij