२०८३ साउन १० आइतबार

वीरगञ्ज भन्सारद्वारा दुई महिनामा ३९ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

ई आर्थिक    बिहिबार, असोज २ २०८२
2.9K
Shares
वीरगञ्ज भन्सारद्वारा दुई महिनामा ३९ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

ई-आर्थिक, पर्सा।  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा कुल ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागले सो अवधिका लागि कार्यालयलाई ४३ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो। सो लक्ष्यको ९० दशमलव ९९ प्रतिशत पुरा गर्दै वीरगञ्ज भन्सारले उल्लेखनीय प्रगति हासिल गरेको हो।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा पनि विषम परिस्थिति हुँदाहुँदै राजस्व संकलन उत्साहजनक भएको जानकारी दिए।

उनका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो भने भदौ महिनामा २० अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन गरिएको हो।

भदौ १२ गते एकै दिनमा दुई अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो।

त्यस्तै, भदौ १७ गते एक खर्ब ९२ करोड रुपैयाँ, भदौ २८ गते एक अर्ब ७१ करोड रुपैयाँ र भदौ ३१ गते एक अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।

जेनजीको प्रदर्शनका कारण भदौ २४ गतेको दिनमा मात्र तीन करोड रुपैयाँ राजस्व संकलन हुन सकेको थियो।

त्यसपछि भदौ २६ गते ६ करोड र भदौ २७ गते ११ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।

सरकारको समग्र राजस्व संकलनमा महत्त्वपूर्ण योगदान दिने वीरगञ्ज भन्सार कार्यालयले वर्षको शुरुवाती दुई महिनामै उल्लेखनीय उपलब्धि हासिल गर्दै लक्ष्य नजिक पुग्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij