२०८३ साउन १० आइतबार

निजामती कर्मचारी अस्पतालमा जेनजी आन्दोलनका घाइतेको उपचार हुँदै

ई आर्थिक    मंगलबार, भाद्र ३१ २०८२
1.1K
Shares
निजामती कर्मचारी अस्पतालमा जेनजी आन्दोलनका घाइतेको उपचार हुँदै

काठमाडौँ ।  नेपाल निजामती अस्पताल मीनभवनमा ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा घाइतेको उपचार भइरहेको छ । हालसम्म यहाँ ४६१ जना उपचारका लागि पुगेका थिए ।

अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भई पुगेका मध्ये ४४ जनालाई उपचारका लागि अन्य अस्पताल ‘रिफर’ गरिएको र ३६६ जना सामान्य उपचारपछि घर फर्किका जनाएको छ ।

हाल अस्पतालमा नौ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । उपचारका क्रममा उक्त अस्पतालमा ६ जनाको ज्यान गएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij