२०८३ साउन १० आइतबार

पहिरोले महाकाली राजमार्ग अवरुद्ध, सैंकौँ यात्रु बीच बाटोमै रोकिए

ई आर्थिक    मंगलबार, भाद्र ३१ २०८२
855
Shares
पहिरोले महाकाली राजमार्ग अवरुद्ध, सैंकौँ यात्रु बीच बाटोमै रोकिए

ई-आर्थिक,बैतडी ।  लगातारको वर्षासँगै डडेल्धुराको दोगडाकेदार गाउँपालिका–५ स्थित सलसेनास्थित साजाधारमा ठूलो पहिरो खस्दा महाकाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ।

स्थानीय शेरसिंह कार्कीका अनुसार आज बिहानै सडक माथिबाट ठूलो पहिरो खसेको हो। उनले भने, “वर्षापछि सडकको माथिबाट ठूलो पहिरो खस्यो, अहिले सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध छ।”

राजमार्ग अवरुद्ध हुँदा महेन्द्रनगर, धनगढी, काठमाडौँ लगायतका स्थानसँगको सडक सम्पर्क टुटेको छ। सदरमुकाम जाने यात्रुहरु बाटोमै अलपत्र परेका छन् भने राहत र उद्धार कार्य सुरु हुन सकेको छैन।

यसैबीच, केही दिनदेखि अवरुद्ध रहेको जयपृथ्वी राजमार्ग भने सञ्चालनमा आएको छ। खोड्पे–बझाङ सडकखण्डको मुस्याखानमा खसेको पहिरो हटाइएपछि सवारी सञ्चालन सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिएका छन्।

महाकाली राजमार्ग खुलाउन डोजरमार्फत पहिरो हटाउने प्रयास भइरहेको जनाइएको छ। तर लगातारको वर्षाका कारण काममा ढिलाइ भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij