२०८३ साउन ९ शनिबार

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनः नियमित सञ्चालनमा

ई आर्थिक    सोमबार, भाद्र ३० २०८२
2.9K
Shares
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनः नियमित सञ्चालनमा

कञ्चनपुर।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा आजदेखि सुरुवात गरेको छ। जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार तोडफोडका कारण कार्यालयमा विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको थियो। मर्मत गरेर कार्यालयका सेवा थालिएको उनले बताए।

तोडफोड र आगजनीका कारण नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानीसँग सम्बन्धित सबै काम अवरुद्ध भएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij