ई–आर्थिक, भक्तपुर । आन्दोलनरत जेन–जीमा सहभागीहरुले नेताको खाता रोक्का राख्नु पर्ने माग गरेका छन् । भक्तपुरका केही जेन–जी आन्दोलनकारीले अब नेताहरुको बैंक खाता रोक्का राख्न माग गरेका हुन् ।
जेन–जी आन्दोलनले देशका प्रमुख सबै सरकारी निकायहरु नियन्त्रण लिइसकेको छ ।
यसैबीच अब बैंक खाता पनि रोक्का राख्नु पर्ने भक्तपुरकी जेन–जी आन्दोलनमा सहभागी सुष्मा खड्काले बताईन् । भक्तपुरकै राजन बालाले पनि नेताह्ररुको बैंक खाता रोक्का राख्न ढिलाई गर्न नहुने बताए । उनले देश विदेशमा रहेको नेताका सम्पत्ति समेत छानविन गरेर अबैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए ।
जेन–जी आन्दोलन देशैभरी जारी रहेको छ । यसबीचमा धेरै आर्थिक तथा भौतिक क्षति पनि भइरहेको छ ।
