२०८३ साउन १२ मंगलबार

कास्कीमा पनि अनिश्चितकालिन कर्फ्यू जारी

ई आर्थिक    मंगलबार, भाद्र २४ २०८२
3.4K
Shares
कास्कीमा पनि अनिश्चितकालिन कर्फ्यू जारी

ई-आर्थिक, गण्डकी । कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेबाट अर्को आदेश नभएसम्मका लागि जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यू लागू गरेको छ।

प्रशासनले शहिदचोक आसपासको क्षेत्रलाई मुख्य प्रभाव क्षेत्र मान्दै पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्र बैंक चोक तथा दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइड क्षेत्रलाई कर्फ्यूको दायरा तोकेको छ।

त्यस्तै, गण्डकी प्रदेशसभा वरिपरि पनि सुरक्षा कडा पार्दै उत्तरतर्फ भीमकाली पाटन बगर, दक्षिणतर्फ अधिकारी टोल, पूर्वतर्फ नदीपुर हाइवे र पश्चिमतर्फ बागबजार ट्याक्सीचोकसम्म कर्फ्यू लागू गरिएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको आदेशअनुसार, तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा गर्ने कार्य पूर्ण रूपमा रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij