२०८३ साउन १२ मंगलबार

ठूलो धनराशिको पावरबल चिठ्ठा आज शनिवार खुल्ने

ई आर्थिक    शुक्रबार, भाद्र २० २०८२
2.6K
Shares
ठूलो धनराशिको पावरबल चिठ्ठा आज शनिवार खुल्ने
अमेरिका । अमेरिकाको सर्वाधिक तेस्रो ठूलो धनराशिको पावरबल चिठ्ठा सेप्टेम्वर ६ तारिख आज शनिबार राति खुल्ने भएको छ ।

पावरबल नामक यो चिठ्ठाको धनराशि एक दशमलव ७ विलियन अमेरिकन डलर रहेको छ । सोमवार, बुधबार र शनिबार गरी हप्ताको तीनपटक खुल्ने यो चिठ्ठाको मूल्य दुइ डलर पर्दछ । करिब चार महिनादेखि यो चिठ्ठा कसैलाई पनि नपरेको कारण यो रकम बढ्दै बढ्दै गएर यति विशाल धनराशिको बनेको हो ।

अमेरिकाको ५० मध्ये ४५ वटा राज्यमा पावरबल चिठ्ठा किन्न पाइन्छ । यो चिठ्ठा किन्नको लागि अमेरिकी नागरिक वा ग्रिनकार्डधारी हुनुपर्दैन । अमेरिकाका ग्यास स्टेसन वा अरु सानातिना खुद्रा पसल र वालमार्टमा समेत यो चिठ्ठा किन्न पाइन्छ ।

चिठ्ठा खेल्ने व्यक्तिले १ देखि ६९ अङ्कसम्मको कुनै पाँचवटा अङ्क र एउटा पावरबल अङ्कसहित ६ वटा अङ्क छान्नुपर्नेछ । ती सबै अङ्क मिल्ने व्यक्तिले १.७ विलियन राशिको पुरस्कार हात पार्नेछ । उक्त व्यक्तिले एकैपटकमा यो रकम नगदमा लिने इच्छा गरेको खण्डमा उक्त रकमको करिब आधामात्र पाउनेछ ।

गत हप्ता यो रकम १.४४ विलियन डलर थियो । गतहप्ता निकालिएको ड्र मा ३, १६, २९, ६१ र ६९ तथा पावरबल २२ परेको थियो । तर कसैले पनि यो अङ्क मिलाउन सकेन । यसपटक पनि यो चिठ्ठा कसैलाई परेन भने यसको रकम लगभग र्दुइ विलियन पुग्ने अनुमान गरिएको छ ।

यस अघिका दुइ विशाल धनराशिको दुवै पावरबल चिठ्ठा क्यालिफोर्नियावासीलाई परेको थियो । ती दुईको रकम क्रमशः दुई दशमलव ४ विलियन र एक दशमलव ७६५ विलियन थियो ।

लटरी विभागका अनुसार, यो चिठ्ठा पर्ने संभावना एक बराबर २९२.२ मिलियन छ । यसलाई लगभग एक मुठी बालुवामा एउटा बालुवाको कण पर्नुजस्तै मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij