२०८३ साउन १२ मंगलबार

सरकारी निर्देशनपछि मेटाको चासो, दर्ताका कागजातबारे सोधपुछ, मन्त्रालयले पठायो विवरण

ई आर्थिक    बिहिबार, भाद्र १९ २०८२
2K
Shares
सरकारी निर्देशनपछि मेटाको चासो, दर्ताका कागजातबारे सोधपुछ, मन्त्रालयले पठायो विवरण

ई-आर्थिक, काठमाडौं ।   फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी मेटाले नेपाल सरकारसँग दर्ताका लागि आवश्यक कागजातको विवरण मागेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मेटाका प्रतिनिधिले मन्त्रीका विज्ञ सल्लाहकारलाई इमेल गरेर जानकारी मागेका थिए। मन्त्रालयले केही मिनेटमै आवश्यक कागजात विवरणसहित जवाफ पठाएको जनाएको छ।

यसअघि सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू क्रमश: बन्द गर्ने निर्णय गरिसकेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरिसकेको छ।

साथै हाम्रो पात्राेले सूचिकरणको लागि आवदेन दिइ सकेको छ ।

सूचीकरण नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय गर्न प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अनुमति नलिएर सञ्चालनमा रहेका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय गर्न इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले भदौ १९ गते जारी गरेको सूचना अनुसार यो निर्णय सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठक तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम गरिएको हो।

निष्क्रिय गरिने सामाजिक सञ्जाल प्लेटफर्महरूको सूची यसप्रकार छ:

१. फेसबुक
२. फेसबुक मेसेन्जर
३. इन्स्टाग्राम
४. युट्युब
५. ह्वाट्सएप
६. ट्विटर (हाल एक्स)
७. लिंक्डइन
८. स्न्यापच्याट
९. रेडिट
१०. डिस्कोर्ड
११. पिन्टरेस्ट
१२. सिग्नल
१३. थ्रेड्स
१४. वीच्याट
१५. क्वोरा
१६. टम्बलर
१७. क्लबहाउस
१८. मास्टोडन
१९. रम्बल
२०. मीवी
२१. भीके (VK)
२२. लाइन
२३. आइएमओ
२४. जापानी सञ्जाल ‘जालो’
२५. सोल
२६. हाम्रो पात्रो

प्राधिकरणले नेपालमा दर्ता नगरी सञ्चालनमा रहेका यस्ता प्लेटफर्महरूले नियमनको दायराभित्र नआएर विविध किसिमका चुनौतीहरू सिर्जना गरेको जनाउँदै, तिनीहरूलाई निष्क्रिय गराउने निर्णय लिएको हो।

इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरूले यी प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गर्न आवश्यक प्राविधिक प्रक्रिया सुरु गरिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij