२०८३ साउन ११ सोमबार

नेपालमा दर्ता नभएका फेसबुकसहित सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

ई आर्थिक    बिहिबार, भाद्र १९ २०८२
2.4K
Shares
नेपालमा दर्ता नभएका फेसबुकसहित सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

ई-आर्थिक, काठमाडौं । सरकारले नेपालमा सूचिकरण नभएका फेसबुक, एक्स (ट्विटर), युट्युब, ह्वाट्सएप लगायतका विभिन्न  सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरू नेपालभित्र निष्क्रिय गर्न निर्देशन दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निर्दिष्ट ७ दिनको समयावधिमा दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ।

यो निर्णय सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासको आदेश र २०७९ सालको मन्त्रिपरिषद् निर्णयको कार्यान्वयनका रूपमा आएको हो। अदालतले स्वदेशी तथा विदेशी सामाजिक सञ्जालहरू सञ्चालन गर्नुअघि नेपालमा अनिवार्य सूचीकरण गर्न निर्देशन दिएको थियो।

मन्त्रालयले २०८२ भदौ १२ गते दर्ता गर्न ७ दिनको समय दिँदै सार्वजनिक सूचना प्रकाशन गरेको थियो। तर, तोकिएको समयभित्र सम्पर्क नगरेका प्लेटफर्महरूलाई अब निष्क्रिय बनाइनेछ।

मन्त्रालयले दर्ता प्रक्रिया सुरु गरेपछि मात्र ती सामाजिक सञ्जालहरूलाई पुनः सक्रिय गरिने स्पष्ट पारेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार ‘सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०८०’ अन्तर्गत दर्ता नगरेका प्लेटफर्महरूलाई आजदेखि बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको हो ।

सरकारले भदौ १२ गते ७ दिनको समय दिँदै सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुन आग्रह गरेको थियो। तर समयसीमा नमानिएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिबन्ध लगाउन लागिएको हो।

दर्ता प्रक्रिया सुरु गरेपछि ती प्लेटफर्म क्रमशः पुनः खुला गरिने मन्त्रालयले जनाएको छ। यसअघि टेलिग्रामलाई अनलाइन ठगी र मनि लाउन्डरिङमा संलग्न भएको आरोपमा बन्द गरिएको थियो।

हालसम्म भी-टक, भाइबर र टिकटक मात्र नेपालमा सूचीकृत भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij