२०८३ साउन १० आइतबार

नेपाल टेलिकमको सीआरबीटी सेवा पुनः सुचारु

ई आर्थिक    बिहिबार, भाद्र १९ २०८२
1.7K
Shares
नेपाल टेलिकमको सीआरबीटी सेवा पुनः सुचारु

ई-आर्थिक, काठमाडौं ।  नेपाल टेलिकमले प्राविधिक कारणले केही समयका लागि अवरुद्ध भएको Caller Ring Back Tone (CRBT) सेवा पुनः सुचारु भएको जानकारी दिएको छ।

कम्पनीका अनुसार सेवामा आएको समस्या समाधान भइसकेको छ र अहिले सेवा सामान्यरूपमा सञ्चालनमा आइसकेको छ। यसअवधिमा सेवाग्राहीले भोग्नुपरेको असुविधाप्रति नेपाल टेलिकमले खेद व्यक्त गर्दै आगामी दिनमा यस्ता सेवाहरू निरन्तर र गुणस्तरीय रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

नेपाल टेलिकमले ग्राहकहरूको माग र आवश्यकता अनुरूप सेवा प्रवाहमा अझ सुधार ल्याउने प्रयास जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij