२०८३ साउन ९ शनिबार

शिक्षा विधेयक सच्याउन दबाब: निजी विद्यालय सञ्चालकद्वारा चक्रपथमा स्कुल बससहित प्रदर्शन

ई आर्थिक    सोमबार, भाद्र १६ २०८२
2K
Shares
शिक्षा विधेयक सच्याउन दबाब: निजी विद्यालय सञ्चालकद्वारा चक्रपथमा स्कुल बससहित प्रदर्शन

काठमाडौं : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले सोमबार काठमाडौं चक्रपथमा स्कुल बससहितको र्‍याली निकालेका छन्।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए लगायतका निजी विद्यालय संगठनहरूको संयुक्त आयोजनामा निकालिएको सो र्‍यालीमा स्कुल बसको लस्कर चक्रपथको एक लेनभरि देखिएको थियो।

प्रदर्शनकारीहरूले विधेयकमा उल्लेख गरिएका “पूर्ण छात्रवृत्ति” र “गैरनाफामूलक” शब्द हटाउन माग गर्दै सरकारलाई विधेयक सच्याउन दबाब दिएका छन्। उनीहरूको भनाइमा, वर्तमान प्रस्तावित व्यवस्थाले निजी विद्यालयको अस्तित्वमाथि खतरा निम्त्याउने देखिएको छ।

र्‍यालीका कारण चक्रपथको विभिन्न खण्डमा सामान्य यातायात अवरुद्ध भएको थियो। केही स्थानमा अन्य सवारीसाधनलाई आवागमनमा समस्या परेको पनि देखिएको छ।

संगठनहरूले आगामी दिनमा माग पुरा नभए थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij