२०८३ साउन १२ मंगलबार

अविरल वर्षाले ९ राजमार्ग पूर्ण अवरुद्ध, केही सडक एकतर्फी सञ्चालनमा

ई आर्थिक    शनिबार, भाद्र १४ २०८२
2K
Shares
अविरल वर्षाले ९ राजमार्ग पूर्ण अवरुद्ध, केही सडक एकतर्फी सञ्चालनमा

काठमाडौँ : देशभर भइरहेको लगातारको वर्षाका कारण बाढी र पहिरोले नौवटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डहरू एकतर्फी सञ्चालनमा रहेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मका विभिन्न भूभागहरूमा पहिरो तथा बाढीले सवारी आवागमनमा गम्भीर असर पुर्‍याएको छ।

पूर्ण रूपमा अवरुद्ध भएका राजमार्गहरू:

  • सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग

  • रसुवाको नेपाल–चीन जोड्ने पुल

  • रसुवाकै पासाङल्हामु राजमार्ग

  • सिन्धुपाल्चोकको अरनिको राजमार्ग

  • बागलुङको कालीगण्डकी करिडोर

  • म्याग्दीको बेनी–दरबाङ सडकखण्ड

  • रुकुमपश्चिमको जाजरकोट–डोल्पा भेरी करिडोर

  • दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक

यस्तै, केही सडकहरू एकतर्फी मात्र सञ्चालनमा रहेका छन्। ती सडकहरूमा:

  • तेह्रथुमको मध्यपहाडी लोकमार्ग

  • रसुवाको उत्तरगया क्षेत्रपासाङल्हामु राजमार्ग

  • तनहुँको पृथ्वी राजमार्ग

  • नवलपरासीपूर्वको कालीगण्डकी करिडोर

  • दाङको राप्ती राजमार्ग

  • अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड

प्रहरीले तीव्र रूपमा सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ। यातायात गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij