ई-आर्थिक, काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले चन्द्र कुवेर खापुङलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ। खापुङ भदौ १८ गतेदेखि ३२ औं प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन्।
खापुङ हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको रूपमा कार्यरत छन्। उनी २०५२ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए र यसअघि प्रधानमन्त्री सुरक्षा प्रमुख, काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुख तथा कोशी प्रदेश प्रहरी प्रमुख लगायतका पदमा काम गरिसकेका छन्।
५५ वर्षीय खापुङले यूएन मिसनमा हाइटीमा पनि सेवा दिइसकेका छन् र इटाली, कोरिया, भियतनाम तथा चीनबाट विभिन्न सुरक्षासम्बन्धी तालिम लिएका छन्।
एआईजीमा बढुवा सूचिको पहिलो नम्बरमा चन्द्र कुबेर खापुङ, आईजीपीमा पनि उनैको संभावना !