२०८३ साउन १२ मंगलबार

सुनको मूल्यमा ऐतिहासिक उचाइ, प्रतितोला दुई लाख रूपैयाँ नाघ्यो

ई आर्थिक    शुक्रबार, भाद्र १३ २०८२
1.3K
Shares
सुनको मूल्यमा ऐतिहासिक उचाइ, प्रतितोला दुई लाख रूपैयाँ नाघ्यो

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ६ सय रूपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा मूल्य १ हजार २ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। यसअघि साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रूपैयाँ पुगेको थियो। त्यसपछि बिहीबार पनि सोही मूल्यमा कारोबार भएपनि शुक्रबारको वृद्धिले नयाँ कीर्तिमान कायम गरेको हो।

अन्तर्राष्ट्रिय असरले मूल्य चुलियो

सुनको मूल्यमा आएको तीव्र वृद्धिको प्रमुख कारण विश्व बजारमा देखिएको चाप हो। युक्रेन–रूस युद्ध, अमेरिकी डलरको अवमूल्यन, मुद्रास्फीति, र सेयर बजारमा आएको अस्थिरताले लगानीकर्ताहरूलाई सुनतर्फ आकर्षित गराएको व्यवसायीहरूको भनाइ छ।

विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा देखा परेका अनिश्चितताहरूले सुरक्षित लगानीको विकल्पको रूपमा सुनको माग बढेको हो, जसको सीधा असर नेपाली बजारमा परेको छ।

चाँदीको मूल्य पनि उकालो

सुनसँगै चाँदीको मूल्यमा समेत सामान्य वृद्धि भएको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ३ सय ६० रूपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी २ हजार ३ सय ५५ रूपैयाँ मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य अझै केही दिन स्थिर रहन सक्ने अनुमान गरिएको छ, तर अन्तर्राष्ट्रिय बजारमा यदि अस्थिरता जारी रह्यो भने मूल्य अझै बढ्ने सम्भावना रहन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij