२०८३ साउन १० आइतबार

स्लोभाकिया पठाइदिन्छु भन्दै पाँच लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

ई आर्थिक    बिहिबार, भाद्र १२ २०८२
2.9K
Shares
स्लोभाकिया पठाइदिन्छु भन्दै पाँच लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

ई-आर्थिक, काठमाडौं ।  वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१२ बस्ने बागमती गाउँपालिका–५ घर भएका ३१ वर्षीय छबिन्द्र हुमागाई रहेका छन्।

प्रहरीका अनुसार हुमागाईले तीन जना व्यक्तिसँग स्लोभाकिया रोजगारीका लागि पठाइदिने भन्दै ५ लाख ३१ हजार रुपैयाँ लिएका थिए। रकम लिएको केही समयपछि उनी सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले मंगलबार ललितपुर महानगरपालिका–१२ बाट उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका हुमागाईलाई आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij