ई-आर्थिक, काठमाडौं । देशको स्थानीय बजारमा आज (बुधबार) सुनको मूल्यमा वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रति तोला ३ सय रुपैयाँले बढेर १ लाख ९९ हजार रुपैयाँमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) सुनको मूल्य १ लाख ९८ हजार ७ सय रुपैयाँ थियो। सोही आधारमा आज सुनको मूल्यमा सानो वृद्धि भएको हो।
चाँदीतर्फ भने मूल्यमा ओरालो लागेको छ। मंगलबार प्रतितोला २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर २ हजार ३ सय ४५ रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि मुल्य उतारचढाव कायम छ। पछिल्लो जानकारी अनुसार, आज विश्वबजारमा सुनको मूल्य प्रति औँस ३ हजार ३ सय ७४ अमेरिकी डलर मा कारोबार भइरहेको छ।
स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा भइरहेका यस्ता मुल्य परिवर्तनहरूलाई विभिन्न आर्थिक तथा भूराजनीतिक कारणले असर पारिरहेको विश्लेषकहरूको भनाइ छ।