२०८३ साउन १२ मंगलबार

शिक्षाका लागि एक खर्ब ३८ अर्ब रुपैयाँ विदेशियो, भ्रमण खर्च पनि उच्च

ई आर्थिक    सोमबार, भाद्र ९ २०८२
5.2K
Shares
शिक्षाका लागि एक खर्ब ३८ अर्ब रुपैयाँ विदेशियो, भ्रमण खर्च पनि उच्च

ई-आर्थिक, काठमाडौं ।   नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीसँगै ठूलो मात्रामा पूँजी पनि बाहिरिन थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ देशबाहिर गएको छ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा शिक्षाका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेशिएको थियो। यो वर्षको तुलनामा शैक्षिक खर्चमा झन्डै १३ अर्बको वृद्धि देखिएको हो।

त्यस्तै, राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण (travel) खर्च समेत उल्लेख्यरूपमा बढेको छ। अघिल्लो वर्ष एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ रहेको भ्रमण खर्च चालु वर्षमा १८.१ प्रतिशतले वृद्धि भई दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।

सेवा क्षेत्रमा घाटा पनि बढेको देखिएको छ। समीक्षा अवधिमा देशको खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा गएको छ। यो अघिल्लो वर्षको ५५ अर्ब ८६ करोड घाटाको तुलनामा करिब ३५ अर्ब रुपैयाँले बढी हो।

तर, भ्रमण (पर्यटन) आयमा भने ७.७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष ८२ अर्ब ३३ करोड रुपैयाँ रहेको भ्रमण आय चालु वर्षमा ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार, शिक्षा र भ्रमण क्षेत्र हुँदै देशको वैदेशिक मुद्राको ठूलो हिस्सा बाहिरिन थालेको देखिएको छ, जसले सेवा क्षेत्रको सन्तुलनमा नकारात्मक असर पारिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij