२०८३ साउन १२ मंगलबार

उपभोक्ता मुद्रास्फीति घट्दै, खाद्य वस्तु र सेवा क्षेत्रमा स्थिरता

ई आर्थिक    आइतबार, भाद्र ८ २०८२
6.9K
Shares
उपभोक्ता मुद्रास्फीति घट्दै, खाद्य वस्तु र सेवा क्षेत्रमा स्थिरता

ई-आर्थिक, काठमाडौं ।  गत आर्थिक वर्ष २०८१/ ८२ मा उपभोक्ता मुद्रास्फीति वार्षिक औसत ४.०६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको ५.४४ प्रतिशतभन्दा कम हो। असार २०८२ मा वार्षिक विन्दुगत मुद्रास्फीति २.२० प्रतिशत कायम भएको छ, जुन गत वर्षको असार महिनाको ३.५७ प्रतिशतभन्दा न्यून छ।

खाद्य तथा पेय पदार्थ समूहमा मुद्रास्फीतिमा उल्लेखनीय कमी देखिएको छ। आर्थिक वर्षभर तरकारी, घ्यू, तेल र दालका मूल्यवृद्धि क्रमशः १०.७१, ८.७२ र ७.९० प्रतिशत पुगेका छन् भने मरमसला र माछा–मासुका मूल्यहरूमा कमी आएको छ। खाद्य समूहको वार्षिक औसत मुद्रास्फिति ४.६९ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ६.४७ प्रतिशतभन्दा तल रहेको छ।

गैर–खाद्य तथा सेवा समूहमा पनि मुद्रास्फीति ३.७१ प्रतिशतमा झरेको छ। विशेष गरी कपडा, मदिरा र फर्निसिङका वस्तुहरूमा मूल्यवृद्धि सीमित देखिएको छ।

क्षेत्रगत रूपमा, काठमाडौं उपत्यका, तराई, पहाड र हिमालमा वार्षिक औसत मुद्रास्फीतिमा फरक–फरक दर देखिन्छ। हिमाल क्षेत्रमा सबैभन्दा बढी ४.८९ प्रतिशत मुद्रास्फिति रहेको छ भने काठमाडौं उपत्यकामा ३.७७ प्रतिशत रहेको छ।

थोक मुद्रास्फीति पनि आर्थिक वर्षमा ३.८४ प्रतिशतमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा स्थिर देखिन्छ। असार महिनामा थोक मुद्रास्फीति मात्र १.०५ प्रतिशत रहेको छ।

ग्रामीण क्षेत्रमा मुद्रास्फीति ४.४० प्रतिशत र सहरी क्षेत्रमा ३.९४ प्रतिशत रहेको छ। प्रदेशस्तरमा कोशी र सुदूरपश्चिम प्रदेशमा बढी मुद्रास्फिति देखिएको छ भने गण्डकी र कर्णाली प्रदेशमा न्यूनतम छ।

सामान्य रूपमा, आर्थिक वर्ष २०८१÷८२ मा उपभोक्ता मूल्यस्तरमा स्थिरता आएको संकेत देखिएको छ, जसले उपभोक्ताको क्रयशक्ति संरक्षणमा मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij