ई-आर्थिक, काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै चाडपर्वको अवसरलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा व्यक्तिगत सवारी साधन किन्न सक्नेछन्।
बैंकले यो योजना सीमित अवधिका लागि मात्र लागू गर्ने जनाएको छ, जसको आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ। विशेषगरी इलेक्ट्रिक सवारी साधन किन्न चाहने ग्राहकहरूका लागि यो योजना राम्रो अवसरका रूपमा आएको बैंकले जनाएको छ।
एनएमबि बैंकले वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै हरित अर्थतन्त्र र दिगो विकासतर्फको यात्रामा सहकार्य गर्ने उद्देश्यले यस्तो योजना ल्याएको हो। बैंकको भनाइमा, ग्राहकलाई केन्द्रमा राखी सेवा प्रवाह गर्दै दिगो वित्तीय अभ्यासमा जोड दिनु यसको प्रमुख प्राथमिकता हो।
यस अफरबारे थप जानकारीको लागि ग्राहकहरूले एनएमबि बैंकको नजिकको शाखामा वा नाडा अटो शोमा रहेको स्टल नं E-24 मा सम्पर्क गर्न सक्नेछन्, जहाँ बैंकका प्रतिनिधिहरू उपस्थित रहनेछन्।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।