२०८३ साउन ११ सोमबार

पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउनु अनुचित : एमाले महासचिव पोखरेल

ई आर्थिक    आइतबार, भाद्र १ २०८२
2.1K
Shares
पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउनु अनुचित : एमाले महासचिव पोखरेल

कञ्चनपुर : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्व राष्ट्रपतिको गरिमायुक्त पदको मर्यादा जोगाउँदै उनीहरूलाई पुनः सक्रिय राजनीतिमा ल्याउन खोज्नु अनुचित भएको टिप्पणी गरेका छन्।

आइतबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको भूमिका विशिष्ट र सम्मानित हुने भएकाले उनीहरूलाई फेरि राजनीतिक मैदानमा उतार्न खोज्नु पार्टी र व्यक्तिको कमजोरी भएको बताएका हुन्।

‘माओवादीको गल्ती नदोहोर्यौं’

उनले नेकपा (माओवादी केन्द्र)ले यसअघि देखाएको कमजोरीलाई उदाहरण दिँदै एमालेले त्यस्तो गल्ती दोहोर्याउन नहुनेमा जोड दिए।
“पूर्व राष्ट्रपतिलाई पुनः राजनीतिमा ल्याउने प्रयास गरिँदैछ, जुन गलत हो। यस्तो गलत अभ्यासविरुद्ध नैतिक दबाब सृजना गर्न आवश्यक छ,” पोखरेलले भने।

अनुशासन र एकता अपरिहार्य

महासचिव पोखरेलले हालको नेपाली राजनीतिमा अवसरवाद र अराजकता मौलाउँदै गएको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न एमाले अग्रसर हुनुपर्ने बताए।

उनले २०७९ सालको स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुरमा एमालेले बेहोरेको हारको मुख्य कारण पार्टीभित्रको अराजकता र अनुशासनहीनता रहेको स्पष्ट पारे।

“पार्टीभित्र अनुशासन र एकताको अभाव भएमा सफलता सम्भव हुँदैन। अब विगतमा जस्तो गल्ती दोहोरिनु हुँदैन,” उनले स्पष्ट पारे।

‘अवसरवादको विरुद्ध कडा भूमिका’

पोखरेलले अवसरवाद र अराजक प्रवृत्तिलाई हटाउन पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिँदै अब एमालेले बलियो संगठन निर्माणमा केन्द्रित हुने बताएका छन्।

उनका अनुसार, कञ्चनपुरजस्ता जिल्लामा विगतका कमजोरी सुधार गर्दै आगामी दिनमा एमालेलाई जनताको पहिलो रोजाइमा पुर्‍याउने योजना अनुसार काम अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij