२०८३ साउन ९ शनिबार

एयर क्यानडाका १० हजार कर्मचारी हड्तालमा, देशभर उडान सेवा ठप्प

ई आर्थिक    शनिबार, साउन ३१ २०८२
4K
Shares
एयर क्यानडाका १० हजार कर्मचारी हड्तालमा, देशभर उडान सेवा ठप्प

काठमाडौं । एयर क्यानडाका करिब १० हजार उडान सहायक कर्मचारीले पारिश्रमिक वृद्धि र कामको उचित मूल्याङ्कनको माग गर्दै शनिबारदेखि राष्ट्रव्यापी हड्ताल सुरु गरेका छन्। हड्तालको प्रत्यक्ष असरस्वरूप सयौं उडान रद्द भएका छन् भने हजारौं यात्रुहरू प्रभावित भएका छन् ।

सेवा ठप्प, यात्रुलाई विमानस्थल नजान आग्रह

एयर क्यानडाले शनिबारका लागि निर्धारित सबै ७०० उडान रद्द गरेको जनाएको छ। यसअघि शुक्रबार साँझसम्म ६२३ उडान रद्द भइसकेका थिए। कम्पनीले यात्रुहरूलाई विमानस्थल नजान र विकल्प खोज्न अनुरोध गरेको छ।

माग के छ ?

क्यानाडियन युनियन अफ पब्लिक इम्प्लोइज (CUPE) का अनुसार,

  • बोर्डिङ र उडान तयारीमा काम गर्ने कर्मचारीलाई पारिश्रमिक नदिने प्रचलन अन्त्य गरिनु पर्ने,

  • मुद्रास्फीति अनुसार तलब समायोजन गर्नुपर्ने प्रमुख मागहरू हुन् ।

युनियनले एयर क्यानडाले पेस गरेको प्रस्ताव मूल्यवृद्धिभन्दा पनि कम रहेको भन्दै अस्वीकार गरेको छ ।

अर्थतन्त्रमा असर

विशेषज्ञहरूले हड्ताल लामो नहुन सक्ने अनुमान गरे पनि यसले

  • आन्तरिक हवाई यातायात,

  • पर्यटन

  • र आपूर्ति प्रणालीमा तत्कालै असर पार्ने जनाएका छन् ।

क्यानाडाका व्यवसायिक महासंघले चेतावनी दिँदै भनेको छ, “यो जस्तो व्यस्त समयमा हवाई सेवा रोकिँदा व्यापार र वितरण प्रणालीमा गम्भीर समस्या आउन सक्छ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij