२०८३ साउन ११ सोमबार

कुलिङ पिरियड प्रकरणको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुख घिमिरेद्वारा निर्देशन

ई आर्थिक    शुक्रबार, साउन ३० २०८२
4K
Shares
कुलिङ पिरियड प्रकरणको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुख घिमिरेद्वारा निर्देशन

ई-आर्थिक,  काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा देखिएको त्रुटि सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउन निर्देशन दिएका छन् ।

प्रमुख दलका प्रमुख सचेतकहरूको सुझावमा शुक्रबार सभामुख घिमिरिले सबै संसदीय दलका कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद् सचिवालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन निर्देशन दिएका हुन् ।

सभामुखले आजै प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए ।

कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो। सोही प्रकरणमा नैतिक जिम्मेवारी स्वीकार गर्दै राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए।

छानबिन समितिको प्रतिवेदनले विधेयक निर्माण प्रक्रियामा देखिएको कमजोरीलाई स्पष्ट गर्दै भविष्यमा यस्ता गल्ती नदोहोरिन आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij