२०८३ साउन ९ शनिबार

किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गर्न सरकारलाई आग्रह

ई आर्थिक    मंगलबार, साउन २७ २०८२
4.1K
Shares
किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गर्न सरकारलाई आग्रह

ई-आर्थिक, काठमाडौं ।  राष्ट्रियसभाका सांसदहरूले कृषकहरू मल, बीउ र सिँचाइको अभावमा पिरोलिनुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग आग्रह गरेका छन्।

आजको बैठकको शून्य समयमा सांसदहरू पूजा चौधरी, रेनु चन्द र विष्णुकुमारी सापकोटाले हालको खडेरीका कारण समयमा रोपाइँ गर्न नसकेका किसानहरूलाई आवश्यक मल र बीउ सहजै उपलब्ध हुने व्यवस्था गर्न सरकारलाई आग्रह गरे।

उनीहरूले किसानलाई भौँतारिनु नपर्ने गरी कृषि सामग्रीको सुनिश्चित आपूर्ति गरिनुपर्नेमा जोड दिए। साथै, कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउँदै रोजगारीको प्रमुख स्रोतका रूपमा विकास गर्न सरकार गम्भीर बन्नुपर्ने आवश्यकता पनि औँल्याए।

सांसदहरूले युवालाई स्वदेशमै रोजगारी दिनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij