२०८३ साउन ९ शनिबार

कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

ई आर्थिक    सोमबार, साउन १९ २०८२
4.5K
Shares
कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

ई-आर्थिक, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सानोठिमीस्थित बोर्डको कार्यालयमा बसेको बैठक सम्पन्न भएसँगै सोमबार नतिजा प्रकाशित गरिएको हो।

बोर्डका अनुसार यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी नन-ग्रेड (NG) श्रेणीमा परेका छन्।

गत वैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षामा देशभरका ५ हजार २०२ विद्यालयबाट करिब ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार नियमित र १ लाख १५ हजार आंशिक परीक्षार्थी रहेका थिए।

शिक्षकहरूको आन्दोलनका कारण परीक्षा तालिका प्रभावित भएको थियो। वैशाख ११ बाट सुरू हुने भनिएको परीक्षा १० दिन पछि सारिएको थियो।

नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, एसएमएस सेवा तथा मोबाइल एपमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij