२०८३ साउन १० आइतबार

दाउन्नेमा पहिरो खस्दा बुटवल–नारायणगढ सडक पूर्ण अवरुद्ध, सयौँ यात्रु अलपत्र

ई आर्थिक    सोमबार, साउन १९ २०८२
2.7K
Shares
दाउन्नेमा पहिरो खस्दा बुटवल–नारायणगढ सडक पूर्ण अवरुद्ध, सयौँ यात्रु अलपत्र

ई-आर्थिक, नवलपरासी ।  बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने पहाडमा पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

विश्वकर्मा मन्दिर नजिक खसेको पहिरोका कारण दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो। लगातारको वर्षापछि सुरुमा सडक एकतर्फी मात्र अवरुद्ध भए पनि सोमबार दिउँसो १:०० बजेदेखि पहिरो थप खस्दा सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

पहिरो पन्छाउने प्रयास भइरहेकै क्रममा माथिबाट फेरि पहिरो खसेपछि समस्या झनै जटिल भएको प्रहरीको भनाइ छ। लगातारको वर्षाका कारण सडक खुलाउने कार्यमा कठिनाइ भएको छ।

सडक अवरुद्ध भएपछि अहिले सयौँ यात्रु र चालकहरू बाटोमै अलपत्र परेका छन्। दाउन्ने क्षेत्रमा सडक विस्तारका क्रममा पहाड कटान गरिएकाले पहिरो खस्ने घटना पटक–पटक हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij