२०८३ साउन १० आइतबार

ह्युन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ को बम्पर उपहार कुबेर कन्स्ट्रक्सनलाई, नयाँ ह्युन्डाई भेन्यु जिते

ई आर्थिक    शुक्रबार, साउन १६ २०८२
3.2K
Shares
ह्युन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ को बम्पर उपहार कुबेर कन्स्ट्रक्सनलाई, नयाँ ह्युन्डाई भेन्यु जिते

ई-आर्थिक, काठमाडौं ।  नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘ह्युन्डाई फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता सार्वजनिक गरेको छ। यस वर्षको बम्पर उपहार ह्युन्डाई भेन्यु १.२ गाडी कुबेर कन्स्ट्रक्सन प्रा.लि. लाई प्रदान गरिएको हो।

नेपालको सबैभन्दा ठूलो चाडपर्व दशैं र तिहारलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘फेस्टिभ डिलाइट २०८१’ योजना २०८१ साउन ६ गते (२२ अगस्ट २०२४) देखि कात्तिक २२ गते (८ नोभेम्बर २०२४) सम्म सञ्चालन भएको थियो। यस अफरमा ग्राहकहरूले आकर्षक नगद छुट, रु. १ लाखसम्मको स्क्र्याच कार्ड उपहार, एक वर्षको सडक कर छुट, एक वर्षको कम्प्रिहेन्सिभ बिमा, साथै पुरानो गाडी साट्दा विशेष एक्सचेञ्ज बोनसजस्ता सुविधा प्राप्त गर्न सकेका थिए।

देशभरबाट ग्राहकहरूले उत्साहपूर्वक सहभागिता जनाएको यो योजना ह्युन्डाई नेपालको अहिलेसम्मकै सबैभन्दा सफल चाडपर्व योजना मध्ये एक बनेको कम्पनीले जनाएको छ।

बम्पर उपहार विजेता २०८२ साउन १५ गते (३१ जुलाई २०२५) का दिन ह्युन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको थियो। विजेता छनोट कार्यक्रम लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रतिनिधिहरूको उपस्थितिमा तथा कन्ज्युमर आई नेपाल की अध्यक्ष बिमला खनाल को निरीक्षणमा सम्पन्न भएको थियो।

लक्ष्मी इन्टरकन्टिनेन्टलले विजेता कुबेर कन्स्ट्रक्सनलाई बधाई दिँदै अभियानमा सहभागिता जनाएका सम्पूर्ण ग्राहकहरूप्रति आभार प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij