२०८३ साउन १२ मंगलबार

अविरल वर्षाले सात राजमार्ग पूर्णरूपमा अवरुद्ध, कयौं सडक आंशिकरूपमा प्रभावित

ई आर्थिक    बिहिबार, साउन १५ २०८२
2.1K
Shares
अविरल वर्षाले सात राजमार्ग पूर्णरूपमा अवरुद्ध, कयौं सडक आंशिकरूपमा प्रभावित

ई-आर्थिक, काठमाडौं । मुलुकभर परेको अविरल वर्षाका कारण बाढी र पहिरोको प्रभावले सातवटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण देशका विभिन्न भागमा सडक सम्पर्कमा अवरोध भएको जनाएको छ ।

प्रहरीका अनुसार पूर्वी, मध्य र पश्चिम क्षेत्रका पहाडी तथा हिमाली भूभागमा परेको लगातार वर्षाले राजमार्ग अवरुद्ध भएको हो। कोशीदेखि भेरी करिडोरसम्मका सडक खण्ड पूर्णरूपमा बन्द हुँदा स्थानीय बासिन्दा र यात्रुहरू प्रभावित भएका छन्।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत पर्ने नेपाल–चीन सीमा पुलमा क्षति पुग्दा आवतजावत पूर्णरूपमा रोकिएको छ। त्यसैगरी, पासाङल्हामु राजमार्ग र सिन्धुपाल्चोकको अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण अवरुद्ध भएका छन्।

त्यस्तै, सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिका हुँदै जानुपर्ने सहिद राजमार्ग र रुकुमपश्चिमको आठबिसकोट नगरपालिका हुँदै सञ्चालन हुने जाजरकोट–डोल्पा भेरी करिडोर पनि पूर्ण रूपमा बन्द छन्।

यसैबीच, केही सडकहरू आंशिकरूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

काठमाडौंको टोखाबाट नुवाकोटतर्फ जाने सडकखण्ड, नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका क्षेत्रको कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक र तनहुँको बन्दीपुर गाउँपालिका क्षेत्रको पृथ्वी राजमार्ग एकतर्फी रूपमा मात्रै सञ्चालनमा छन्।

त्यसैगरी, रोल्पाको परिवर्तन गाउँपालिका हुँदै सञ्चालन हुने सहिद राजमार्ग पनि एकतर्फी सञ्चालनमा रहेको छ।

प्रहरी प्रधान कार्यालयले प्रभावित सडकहरू यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित प्राविधिक टोली परिचालन गरिएको जनाएको छ। भारी वर्षा अझै जारी रहेकाले थप पहिरो र बाढीको जोखिम कायमै रहेको र त्यसअनुसार सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij