२०८३ साउन १२ मंगलबार

१ करोड २० लाख ठगीमा संलग्न तीन जना पक्राउ

ई आर्थिक    बिहिबार, साउन ८ २०८२
3.9K
Shares
१ करोड २० लाख ठगीमा संलग्न तीन जना पक्राउ

ई-आर्थिक, काठमाडौं ।  ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-२ घर भएका २३ वर्षीय विशाल घिमिरे, काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने सर्लाही लालबन्दी नगरपालिका-१ नवलपुर घर भएका २५ वर्षीय समिर सिंह र ललितपुर महालक्ष्मी नगरपालिका-५ ईमाडोल बस्ने सर्लाही कविलासी नगरपालिका-९ सल्यानपुर घर भएका २६ वर्षीय अशोक कुमार यादव रहेका छन् ।

अमेरीका जाने प्रयोजनका लागि बैंक ब्यालेन्स देखाउन १ करोड २० लाख रकम आवश्यक भएको बहाना बनाई पीडितहरूलाई झुक्याई, प्रलोभनमा पारी उक्त रकम खातामा जम्मा गर्न लगाई अन्य व्यक्तिहरूको बैंक खाताहरूमा स्थानान्तरण गरी/गराई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij