ई-आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले तोकिएको समयमा ठेकेदार कम्पनीले रङ्गशाला निर्माण सम्पन्न नगरेकाले अहिले हर्जना तिर्दै काम अघि बढाइरहेको उल्लेख गरेका छन् ।
“तीन सिफ्टमा काम गर्दा पनि वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ । तर अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड तथा पुरस्कारको व्यवस्था गरेको छ, यो सकारात्मक थलानी हो”, प्रधानमन्त्री ओलीले लेख्छन , “सरकारी निर्माणसम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौँ ।”