२०८३ साउन १० आइतबार

चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकले कमाए ५३ अर्ब ९७ करोड, नबिल बैंकले कमायो ६ अर्ब ४० करोड

ई आर्थिक    मंगलबार, असार ३१ २०८२
4.2K
Shares
चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकले कमाए ५३ अर्ब ९७ करोड, नबिल बैंकले कमायो ६ अर्ब ४० करोड

ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। २० वाणिज्य बैंकहरुमध्य पहिलो नाफा कमाउने  बैंकमा नबिल बैंक भएको छ ।

११ महिनामा सबैभन्दा धेरै नबिल बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

नेपाल राष्ट्र बैंककले सार्वजनिक गरेको बैंक तथा वित्तिय संस्थाहरुको विवरण अनुसार दोस्रो नाफा गर्ने बैंकमा  ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ ।

साथै अन्य वाणिज्य बैंकहरुमा एभरेष्ट बैंकले ४ अर्ब २४ करोड ७ लाख, नेपाल बैंकले ३ अर्ब ७ करोड ५ लाख र एनएमबी बैंकले ३ अर्ब ३ करोड ११ लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउछ ।

प्राइम कमर्शियल बैंकले २ अर्ब ९० करोड ५० लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७२ करोड ६२ लाख, लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड ९२ लाख, प्रभु बैंकले २ अर्ब ३१ करोड २० लाख र सिद्धार्थ बैंकले २ अर्ब २१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका छन्।

राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब २० करोड ६४ लाख, सानिमा बैंकको २ अर्ब १५ करोड ५७ लाख, कृषि विकास बैंकको १ अर्ब ८१ करोड ९३ लाख र नेपाल एसबीआई बैंकको १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड ९२ लाख, सिटिजन्स इन्टरनेशनल बैंकले १ अर्ब ४१ करोड १४ लाख, हिमालयन बैंकले ९० करोड ५३ लाख र एनआईसी एशिया बैंकले ८२ करोड ९७ लाख रुपैयाँ नाफा कमाएका छन्।

अन्य वाणिज्य बैंकको तुलनमा कुमारी बैंकको वित्तिय स्थिति कमजोर रहेको देखिन्छ कुमारी बैंकले  जम्मा ३७ करोड १० लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij