२०८३ साउन १२ मंगलबार

काठमाडौं महानगरले २५ अर्बभन्दा बढीको बजेट ल्याउदै, कार्यपालिकाबाट बजेट पास

ई आर्थिक    आइतबार, असार २९ २०८२
3.7K
Shares
काठमाडौं महानगरले २५ अर्बभन्दा बढीको बजेट ल्याउदै, कार्यपालिकाबाट बजेट पास

ई-आर्थिक, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/ २०८३ लागि काठमाडौं महानगरपालिकाले आज बजेट ल्याउदै छ । काठमाडौं महानगरले राजस्व परामर्श समिति बैठकले सिफारिस गरेको २५ अर्ब ११ करोड रूपैयाँ  बजेटको सीमाभित्र बसेर बजेट ल्याउन लागेको हो  ।

आज बिहान ९ बजे बसेको नगरकार्यपालिका बठैकले महानगरको आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।

कार्यपालिकाले पारित गरेको बजेट आजै दिउँसो २ बजे बस्ने नगरसभा बैठकमा पेस हुन्छ । बजेट पेस हुनभन्दा अगाडी कार्यपालिकाबाट बजेट पास गरि  नगरसभामा बजेट पेस गरिने प्रावधान रहेको छ ।

काठमाडौं महानगरको  १७औं नगरसभा दिउँसो २ बजे बसेर बजेट पेस हुनेछ ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण महानगरको बजेटमा अन्योलता उत्पन्न भएको थियो । असार मसान्तभित्र बजेट ल्याइसक्नुपर्ने हुँदा महानगरले हतार हतार बजेटको तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij