२०८३ साउन १२ मंगलबार

६८ हजारभन्दा बढीले लिए एनआरएनएको सदस्यता

ई आर्थिक    शुक्रबार, असार २७ २०८२
3.5K
Shares
६८ हजारभन्दा बढीले लिए एनआरएनएको सदस्यता

ई-आर्थिक, काठमाडौं ।  गैरआवासीय नेपाली संघ (NRNA) का लागि सन् २०२५–२०२७ कार्यकालको सदस्यता संकलन तीव्र गतिमा भइरहेको छ। २०२५ जुलाई ११ सम्मको तथ्यांकअनुसार कुल ६८,६५१ जना सदस्यता आवेदन स्वीकृत भइसकेको छ भने थप ५,१९८ नयाँ आवेदन स्वीकृतिको प्रक्रियामा रहेको संघले जानकारी दियो ।

संसारभरका ५६ वटा राष्ट्रिय समन्वय परिषद् (NCC) मार्फत सदस्यता संकलन भैरहेको छ ।

देश अनुसार सदस्यता विवरण (स्वीकृत)

जापान – १८,३९३ सदस्य
अष्ट्रेलिया – १५,५५१ सदस्य
संयुक्त राज्य अमेरिका – ९,६७१ सदस्य
बेलायत – ३,५०८ सदस्य
साउदी अरेबिया – ३,१२७ सदस्य
क्यानडा – ५,७५० सदस्य
कतार – १,१२४ सदस्य
आयरल्याण्ड – १,४०२ सदस्य
संयुक्त अरब इमिरेट्स (यूएई) – १,९२० सदस्य
क्षेत्रगत सदस्य संख्या (स्वीकृत)
एशिया प्यासिफिक: १९,९११
ओसियानिया: १६,५३६
अमेरिकाज: १५,४२१
युरोप: ९,८११
मध्यपूर्व: ६,३५७
अफ्रिका: ६१५
क्षेत्रगत सहभागिता (प्रतिशतमा)
एशिया प्यासिफिक: २९.०%
ओसियानिया: २४.१%
अमेरिकाज: २२.५%
युरोप: १४.३%
मध्यपूर्व: ९.३%
अफ्रिका: १%
गैरआवासीय नेपाली संघले स्मार्ट एनआएनए  (Smart NRNA) मोबाइल एपमार्फत सदस्यता प्रणालीलाई थप सहज, पारदर्शी र आधुनिक बनाएको छ।

आगामी दिनहरूमा बाँकी सदस्यता आवेदन स्वीकृति भएपछि यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। हालसम्म, ५६ वटा राष्ट्रिय समन्वय परिषद् (NCC) हरू MIS प्रणालीमा आबद्ध भइसकेका छन् ।

जापान र अष्ट्रेलियामा सदस्यता वितरण सकिएको छ, जसमा जापान शीर्ष स्थानमा देखिएको छ भने अष्ट्रेलियाको सहभागिता पनि उल्लेखनीय छ।

यस्तै क्यानाडा, न्युजिल्यान्ड, आयरल्याण्ड, साउदी अरेबियामा, साउथ सुडान, फ्रान्समा पनि सदस्यता वितरण सकिसकेको छ ।आगामी दिनहरूमा बाँकी परिषद्हरूको सदस्यता आवेदन स्वीकृति पश्चात् यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij