ई–आर्थिक, काठमाडौं । नबिल बैंक लिमिटेडको ‘अटो लोन’मा ग्राहकको आकर्षण बढ्दो छ । बैंकबाट अहिले तीन हजार भन्दा बढी ग्राहकले ‘अटो लोन’ शिर्षकमा ऋण उपभोग गरिरहेको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार उक्त शिर्षकमा बैंकले तीन अर्बभन्दा बढी रकम कर्जा लगानी गरेको छ ।
नेपाल राष्ट्र बैंकले तोकको सीमामै उक्त शिर्षकमा कर्जा दिइरहेको बैंकले जानकारी दिएको छ । ‘राष्ट्र बैंकको पहिलाका अटो लोनको सीमा ८० प्रतिशत थियो । तर अहिले ६० प्रतिशतमा झारेको छ ।’ बैंकका रिटेल ल्याडिङ युनिट हेड चाँदनी श्रेष्ठले भनिन्– ‘राष्ट्र बैंकले तोकेकै ६० प्रतिशत सीमा अनुसार नै हामीले ग्राहकलाई अटो लोन दिइरहेका छौं ।’
बैंकले अटो लोनलाई उच्च प्राथमिकतामा राखेर कर्जा दिइरहेको छ । देशभरका जुनै शाखाबाट पनि अटो लोन लिन सकिने व्यवस्था बैंकले मिलाएको छ । ललितपुरको पूल्चोक शाखालाई त अटो सम्बन्धि कर्जामा सहयोग गर्ने अतिरिक्त दुई कर्मचारी समेत खटाएर सेवा दिइरहेको छ । बैंकले उक्त शाखालाई ‘अटो हब’ शाखाको रुपमा विकास गरेको पनि श्रेष्ठले जानकारी दिइन् ।
केही ब्राण्डका सवारीमा लगानी गर्न बैंकले ५ वर्षको परिवर्तन नहुने व्याजदर समेतमा अटो लोन दिने संझौता गरेर आक्रमक कर्जा विस्तार गरिरहेको छ ।
त्यस्तै बैंकले अटो लोनका ग्राहकलाई आकर्षित गर्न सोही अनुसारको विशेषता ल्याएको छ । अटो लोनका ग्राहकको आकर्षणलाई बैंकले पनि उच्च कदर गर्दै आएको छ भने बैंकले दिइरहेको उत्कृष्ट सेवाप्रति ग्राहकहरु पनि सन्तुष्ट रहेको पाइएको छ ।
अटो लिन लिने ग्राहकले उपलब्ध गराउनु पर्ने कागजात, तिर्नुपर्ने किस्ताको विवरण क्यालकुलेश गर्नेलगायत थुप्रै सुविधा बैंकले वेबसाइटमै उपलब्ध गराएको छ । जसले गर्दा ग्राहकले बैंकमा पटक–पटक फोन गर्नुपर्ने र धाउनु पर्ने बाध्यता पर्दैन । वेबसाइटमा उल्लेख गरिएको कागजात लिएर आएपछि चार दिन भित्रै विना झन्झट र सजिलो तरिकाले अटो लोन लिएर जाने गरेको बैंकले जनाएको छ । बैंकमा बुझ्न आउने ग्राहकलाई ‘प्री काउन्सिलिङ’ को व्यवस्थाले कर्जा लिने ग्राहकलाई धेरै सजिलो बनाइदिएको श्रेष्ठको भनाई छ ।
उनका अनुसार बैंकले कर्जाको लागि निवेदन दिँदा आवश्यक डकुमेन्ट पुरा भएको फाइल त ४८ घन्टा भित्र सदर हुनेछ । निवेदन दिने ग्राहकले आफ्नो दुई प्रति फोटो, नागरिकताको फोटोकपी, मासिक आम्दानी खुल्ने सर्टिफिकेट जस्ता कागजपत्र पेश गर्नु पर्ने उनले बताइन् ।
बैंकले सवारीप्रेमीको पछिल्लोपटक ह्वात्तै आकर्षण बढेको विद्युतीय सवारी (ईभी) समेतलाई उच्च प्राथमिकता दिएर कर्जा प्रवाह गर्दै आएको छ । बैंकले सबै कम्पनी र ब्राण्डका ईभी सवारीमा लगानी गर्दै आएको बैंकको कर्जा शाखाले जानकारी दिएको छ । त्यसो त बैंकले सेकेन्ड ह्याण्ड सवारीमा समेत कर्जा लगानी गर्दै आएको छ । त्यसका लागि बैंकमा रहेका भ्यालुएयटरले गरेको मूल्यांकनसँगै ग्राहकको आम्दानीलाई आधार मानेर कर्जा प्रवाह गराउँदै आएको छ ।
नविलको आक्रमक कर्जा विस्तार योजनामा ईभीलगायतका सबै सवारीहरु पर्दछन् ।
बैंकले निजी र भाडाका (कमर्सीयल) गरी दुई भागमा बर्गिकरण गरी कर्जा प्रवाह गर्ने गर्दछ । निजी सवारीलाई ८.२५ प्रतिशत र भाडाका कमर्सियल सवारीलाई बेसरेट (५.९०) र थप तीन प्रतिशत व्याजमा कर्जा उपलब्ध गराउँदै आएको छ ।
बैंकले अटो लोनमा पहिलादेखि नै निकै सम्भावना देखिरहेको र त्यही संभावनालाई मध्यनजर गर्दै सेवा दिइरहेको बैंकको भनाई छ । नयाँ आर्थिक बर्षकै पूर्वसन्ध्यामा बैंक ४१औं बार्षिकोत्सव मनाउँदैछ । सोही अवसर पारेर केही कम ब्याजमै सवारी कर्जाको व्यवस्थापन हुन सक्ने संभावना रहेको पनि बैंकले बताएको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकले आगामी दिनमा सवारी कर्जामैत्री नीति ल्याउने आशा समेत बैंकले राखेको छ ।