२०८३ साउन ९ शनिबार

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

ई आर्थिक    बुधबार, असार १८ २०८२
4.2K
Shares
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

ई-आर्थिक, काठमाडौं । ‘आर्थिक विधेयक २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाको बुधबारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।

उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो। ती विधेयकमाथि सुझाव दिन चाहाने राष्ट्रियसभाका सदस्यहरूले विधेयक शाखामा सुझाव पेस गर्न सकिने जनाइएको छ।

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij