२०८३ साउन १० आइतबार

बुल्गेरिया पठाइदिन्छु भन्दै ६ लाख ७५ हजार ठगी गर्ने व्यक्ति पक्राउ

ई आर्थिक    बुधबार, असार १८ २०८२
3.5K
Shares
बुल्गेरिया पठाइदिन्छु भन्दै ६ लाख ७५ हजार  ठगी गर्ने व्यक्ति पक्राउ

ई-आर्थिक, काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने स्याङ्जा बिरूवा गाउँपालिका-१ घर भएकी ५१ वर्षीया कमला कुमारी केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

कमलाले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोटबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij