ई-आर्थिक, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/२०८३को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।
सभाको बहुमत सदस्यले विधेयकलाई पारित गरेका हुन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर थिए ।
आगामी आर्थिक वर्षको लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको हो । विनियोजन विधेयक साउन १ गतेदेखि लागु हुनेछ ।
आजैदेखि प्रतिनिधिसभामा आर्थिक विधेयकमाथिको छलफल सुरू भएको छ।