२०८३ साउन १२ मंगलबार

महोत्तरीका स्थानीय तहको बेरुजु झण्डै ९ अर्ब ६९ लाख

ई आर्थिक    मंगलबार, असार १० २०८२
2.6K
Shares
महोत्तरीका स्थानीय तहको बेरुजु झण्डै ९ अर्ब ६९ लाख

ई-आर्थिक, महोत्तरी ।  महोत्तरीका स्थानीय तहको बेरुजु ९ अर्ब नजिक पुगेको छ। जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित जम्मा १५ स्थानीय तहको बेरुजु आर्थिक वर्ष २०८०/८१ सम्म आठ अर्ब ७३ करोड ६५ लाख ९२ हजार रुपैयाँ नाघेको हाे।

यसमध्ये पछिल्लो आव २०८०/८१ को मात्र ६४ करोड ६० लाखमाथि रहेको महालेखा परीक्षकको कार्यालय काठमाडौंले वार्षिक लेखापरीक्षण प्रतिवेदनमा औँल्याएको छ। जिल्लाका स्थानीय तहमध्ये बलवा नगरपालिकाको बेरुजु सबैभन्दा बढी ९३ करोड ६९ लाख ४० हजार रुपैयाँमाथि छ।

आव २०८०/८१ को मात्र पनि बलवाको बेरुजु सात करोड २० लाख ४५ हजारमाथि छ। त्यसैगरी पिपरा गाउँपालिकाको बेरुजु ९३ करोड ४८ लाख ९७ हजार नाघेको छ। पिपराको आव २०८०/८१ को बेरुजु एक करोड ८४ लाख ८० हजारमाथि छ।

जलेश्वर नगरपालिकाको ८२ करोड ९३ लाख, मनराशिशवा नगरपालिकाको ७० करोड ५१ लाख ४१ हजार, गौशाला नगरपालिकाको ७० करोड ५१ लाख ४१ हजार, सम्सी गाउँपालिकाको ५२ करोड ८३ लाख ७४ हजार, लोहारपट्टी नगरपालिकाको ५२ करोड ३१ लाख ५५ हजार रुपैयाँ छ।

त्यास्तै बर्दिबास नगरपालिकाको ५१ करोड २३ लाख ६४ हजार र मटिहानी नगरपालिकाको ५० करोड ४५ लाख ९१ हजारमाथि बेरुजु पुगेको छ। यसरी ५० करोडमाथि बेरुजु पुगेका जिल्लाका स्थानीय तहको सङ्ख्या नै ९ पुगेको महालेखाकाे प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी सोनमा गाउँपालिकाको ४८ करोड ९ लाख, एकडारा गाउँपालिकाको ४७ करोड ९६ लाख ९१ हजार, रामगोपालपुर नगरपालिकाको ४७ करोड २० लाख ५२ हजार, महोत्तरी गाउँपालिकाको ४२ करोड २७ लाख ८२ हजार, भंगाहा नगरपालिकाको ४१ करोड ६९ लाख २६ हजार र औरही नगरपालिकाको सबैभन्दा कम २८ करोड ४३ लाख १७ हजार रुपैयाँ बेरुजु प्रतिवेदनले देखाएको छ।

यी १५ वटै स्थानीय तहको आव २०८०/८१ को मात्र पनि बेरुजु ६४ करोड ६० लाख आठ हजारमाथि छ। आव २०८०/८१ को मात्र बेरुजु केलाइँदा लोहारपट्टीको सबैभन्दा बढी ९ करोड ८५ लाख ४४ हजार प्रतिवेदनमा उल्लेख छ। गत आवमा गौशालाको आठ करोड ८४ लाख ५९ हजार, जलेश्वरको आठ करोड एक लाख, रामगोपालपुरको चार करोड ६१ लाख १९ हजार र एकडाराको चार करोड पाँच लाख २३ हजार बेरुजु थियाे।

यस्तै सोनमाको तीन करोड ७६ लाख २६ हजार, भंगाहाको तीन करोड २८ लाख ८१ हजार, मनराशिशवाको दुई करोड ९३ लाख १३ हजार, बर्दिबासको दुई करोड ८७ लाख १८ हजार, सम्सीको दुई करोड ६६ लाख ८६ हजार र औरहीको दुई करोड १३ लाख ४४ हजार गत आवको मात्र बेरुजु छ।

त्यसैगरी पिपराको एक करोड ८४ लाख ८० हजार, मटिहानीको एक करोड ५३ लाख ३५ हजार र महोत्तरी गाउँपालिकाको सबैभन्दा कम ९८ लाख ३२ हजारमाथि गत आवको मात्र बेरुजु छ। महालेखा परीक्षकको कार्यालयले कुल १८ अर्ब ४८ करोड १५ लाख ६७ हजारको लेखापरीक्षण गर्दा १५ स्थानीय तहको आव २०८०/८१ को बेरुजु ६४ करोड ६० लाख आठ हजार देखिएको हो।

बेरुजु देखिएका रकम सबै आर्थिक अनियमितता नै हुने नभई कतिपय शीर्षकका आवश्यक कागजात अपुग भएर र नियमित नगरेर पनि देखिएको हुनसक्छ। आव २०८१/८२ सकिनै लाग्दा विगतका बेरुजु घटाउन स्थानीय तहले के-कस्ता पहलकदमी लिएका छन् त्याे आउने आर्थिक वर्षमा हुन्छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij